समाज कल्याण परिषदको बारेमा

समाज कल्याण परिषदको स्थापना नेपाल सरकारद्धारा समाज कल्याण ऐन, २०४९ को अधिनमा रहि सामाजिक कल्याण कार्यसँग सम्बन्धित विभिन्न क्रियाकलापहरूबाट देशको सर्वाङ्गीण विकासमा टेवा पु¥याउनको लागि नेपाल सरकारले सम्बन्धित मन्त्रालय तथा सामाजिक संघ संस्थाहरू मार्पmत समाज कल्याण कार्यक्रम सञ्चालन गर्ने उद्धेश्यले भएको हो ।

समाज कल्याण सम्बन्धी विशेष कार्यक्रम 

समाज कल्याण कार्य र समाज सेवा सम्बन्धमा देहायका विषयमा नेपाल सरकारले समाज कल्याण परिषद मार्फत विशेष कार्यक्रमहरू सञ्चालन गर्न सक्नेछ ः–

(क) बालक, वृद्ध, असहाय वा अपाङ्गहरूको हित र कल्याण गर्न,

(ख) विकासका लागि सहभागिता बृद्धि गर्न र महिलाहरूको हक हितको संरक्षण र संवद्र्धन गर्न,

(ग) बाल अपराध, लागू पदार्थ दुव्र्यसन वा अन्य कुलत तथा सामाजिक विकृतिबाट पीडित व्यक्तिहरूलाई मर्यादित र सम्मानित जीवन यापन गराउन,

(घ) बेरोजगार, गरीब वा अशिक्षित व्यक्तिहरूका लागि सम्मानीत जीवन यापन गराउन,

(ङ) धार्मिक स्थल तथा गुठीहरूको क्रियाकलापलाई व्यवस्थित गराउन,

(च) पिछडिएको समुदाय वा वर्गको हितको निमित्त आवश्यक व्यवस्था गर्न ।

 

परिषद्को काम, कर्तव्य र अधिकारः

परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–

(क) समाज कल्याण कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने, सामाजिक संघ संस्थालाई सहयोग गर्ने, तिनीहरूका बीच समन्वय गर्नेर तिनीहरूको कामको अनुगमन, सुपरीवेक्षण र मूल्याङ्कन गर्ने, गराउने ।

(ख) सामाजिक संघ संस्थाहरूको स्थापना, विकास, विस्तार र सुदृढीकरणको लागि आवश्यक सहयोग गर्ने, गराउने ।

(ग) नेपाल सरकार र सामाजिक संघ संस्थाहरू बीच समन्वयकर्ताको रूपमा कार्य गर्ने, गराउने ।

(घ) समाज कल्याण कार्य तथा समाज सेवा सम्बन्धी नीति निर्माण तथा कार्यक्रम तर्जुमा सम्बन्धमा नेपाल सरकारलाई आवश्यक परामर्श दिने ।

(ङ) समाज कल्याण कार्यको लागि कोषको स्थापना र सञ्चालन गर्ने, गराउने ।

(च) समाज सेवामा संलग्न परिषद्सँग आबद्ध संघ संस्थाहरूका लागि सूचना तथा अभिलेख केन्द्रका रूपमा कार्य गर्ने, गराउने ।

(छ) समाज कल्याण कार्यसँग सम्बन्धित विषयमा तालीम दिने, अध्ययन, अनुसन्धान गर्ने, गराउने ।

(ज) परिषद्सँग आवद्ध सामाजिक संघ संस्थाहरूको भौतिक सम्परीक्षण गर्ने, गराउने ।

(झ) यो ऐनको उद्देश्य कार्यान्वयन गर्नका लागि आवश्यक अन्य कार्य गर्ने, गराउने ।

(ञ) स्वदेशी, विदेशी वा अन्तर्राष्ट्रिय संघ संस्था र विदेशी राष्ट्रसँग आवश्यक सम्झौता वा करार गर्ने, गराउने ।

(ट) राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग जुटाउने र प्राप्त सहयोग रकमको सुव्यवस्था गर्ने ।

 

परिषद्को स्थापना ः

(१) सामाजिक संघ संस्थाहरूको समन्वय, सहयोग परिचालन र प्रवद्र्धन गरी सुव्यवस्थित तरिकाले समाज कल्याण कार्य सञ्चालन गर्न समाज कल्याण परिषद्को स्थापना गरिएको छ । परिषद्मा देहायका सदस्यहरू रहनेछन्ः–

(क) मन्त्री, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय – अध्यक्ष

(ख) नेपाल सरकारद्वारा मनोनीत समाज सेवी एक जना – उपाध्यक्ष

(ग) नेपाल सरकारद्वारा मनोनीत समाज सेवी एक जना – कोषाध्यक्ष

(ङ) सदस्य (सामाजिक सेवा हेर्ने), राष्ट्रिय योजना आयोग – सदस्य

(च) कम्तिमा एकजना महिला पर्ने गरी समाज सेवीहरूमध्येबाट नेपाल सरकारद्वारा मनोनीत बढीमा चार जना – सदस्य

(छ) विभिन्न सामाजिक संघ संस्थाहरूबाट नेपाल सरकारबाट मनोनीत तीन जना – सदस्य

(ज) प्रतिनिधि, सम्बन्धित मन्त्रालय (समाज कल्याण हेर्ने) – सदस्य

(झ) प्रतिनिधि, गृह मन्त्रालय – सदस्य

(ञ) प्रतिनिधि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय – सदस्य

(ट) प्रतिनिधि, अर्थ मन्त्रालय – सदस्य

(ठ) प्रतिनिधि, स्वास्थ्य मन्त्रालय – सदस्य

(ड) प्रतिनिधि, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय – सदस्य

(ढ) नेपाल सरकारबाट मनोनीत व्यक्ति – सदस्य–सचिव

सम्पर्क

केन्द्रिय कार्यालय
हरिहरभवन, ललितपुर, नेपाल
पाेष्ट बक्स नं.: २९४८
कार्यालय नं.: ०१-५५५५४४८, ०१-५५५५४९५, ०१-५५५५४९५
ईमेलः info@swc.org.np
वेवसाइट: www.swc.org.np

राष्ट्रिय गैर सरकारी संघसंस्था आवद्वता तथा नवीकरणकाे लागि

समन्वय शाखा, भृकुटीमण्डप, काठमाण्डाै सम्पर्क टेलिफोन नं.: ०१-५३२७०८४

प्रवक्ता

श्री संजय कुमार मल्लिक
9851187662
सूचना अधिकारी , का .मु. निर्देशक